२ करोड २५ लाख र १ करोड ८५ लाख मूल्य पर्ने गाडी बुकिङ खुला

काठमाडौँ । भीजी इम्पेक्स (जीडब्लूएम नेपाल)ले आफ्नो बहुप्रतीक्षित ट्यांक सिरिजअन्तर्गतको ट्यांक ३०० र ट्यांक ५०० गाडीको बुकिङ खुला भएको घोषणा गरेको छ। ट्यांक ५०० सात सिटर र ट्यांक ३०० पाँच सिटर भएको र सो दुवै गाडीमा एचईभी प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ।
ट्यांक ब्रान्डले पहिलो पटक २९ अगस्ट २०२१ मा Chengdu Auto Show मा डेब्यु गरेको थियो भने चीनमा १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको थियो। यसको विश्वव्यापी सफलता र बिक्रीमा उल्लेखनीय उपलब्धि प्राप्त भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ट्यांक ३०० र ट्यांक ५०० नेपालमा २.०एल टर्बो पेट्रोल एचईभी मोडलमा उपलब्ध रहेको जनाइएको छ भने जसमा ९-स्पीड स्वचालित ट्रान्समिसन छ । यसैगरी यी मोडलहरूले २५८KW पिक पावर र ६४८nm टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ। ट्यांक ३०० को मूल्य एक करोड पचासी लाख र ट्यांक ५०० को मूल्य दुई करोड पच्चीस लाख तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ
-
कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह