जनमत पार्टीले संविधान दिवसमा शान्तिपूर्ण र्याली गर्ने
_ZClym1j2cX.jpg)
काठमाडौँ । जनमत पार्टीले शान्तिपूर्ण र्याली निकालेर संविधान संशोधनको माग गर्ने भएको छ । सो पार्टीका अध्यक्ष डा.सिके राउतले संविधान दिवसको अवसरमा शान्तिपूर्ण रयाली निकाल्न र कोणसभा लगायतका कार्यक्रम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
उनले नेता कार्यकर्तालाई विभिन्न कार्यक्रम गरेर संविधान संशोधनका लागि सरकारलाई दबाब दिन भनेका छन् । जनमत पार्टीले पूर्ण अधिकार सम्पन्न र स्वायत्त प्रदेश स्थापना, प्रदेशको सिमाङ्कन सच्याउन, निर्वाचन क्षेत्र भाषिक तथा जनसङ्ख्याको अधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था र सामाजिक लोकतन्त्र कायम गर्नुपर्ने माग गर्दै आएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने संविधान दिवसको विरोध गर्दै कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । ती पार्टीका नेता तथा कार्यकर्तालाई सोही अनुसारको निर्देशन पनि पठाइएको छ ।
असोज ३ गते मनाउने संविधान दिवसलाई समर्थन गर्ने वा विरोध गर्ने विषयमा जनमत पार्टीले भने केही बोलेको छैन । पार्टीका उपाध्यक्ष ई.दीपक साहले शान्तिपूर्ण र्याली निकालेर संविधान संशोधनको माग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन