मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

रुपकको निर्णायक गोलमा साविक विजेताको जित

बुधबार, ०२ असोज २०८१, १४ : २७
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा वडा नम्बर १४ ले प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । वडा नम्बर १४ प्रतियोगिताको साविक विजेता पनि हो ।

वडा नम्बर १४ ले वडा नम्बर १५ माथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो । विजयी टोलीका लागि रुपक हमालले निर्णायक गोल गरेका थिए । सोही योगदानका लागि रुपक प्लेयर अफ दि म्याच पनि घोषित भए ।

लैनचौर फुटसल मैदानमा बुधबार नै भएका अन्य खेलमा वडा नम्बर ७, वडा नम्बर २० र वडा नम्बर १० ले पनि आ–आफ्नो खेल जितेका छन् । विजयी टोलीहरु प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

यसैगरी, वडा नम्बर ७ ले वडा नम्बर ३ लाई ७–० गोलको फराकिलो अन्तरले हरायो । विजयी टोलीका लागि सुजन महर्जन एक्लैले चार गोल गरे । प्रज्ज्वल भट्टले दुई र अनुराग श्रेष्ठले एक गोल गरेका थिए । ह्याट्रिकसहित चार गोल गर्ने सुजन म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी, वडा नम्बर २० ले वडा नम्बर २९ लाई २–० गोलले पराजित गर्यो । वडा नम्बर २० का लागि दुवै गोल युनिक मान डंगोलले गरे । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । 

अर्को खेलमा इम्रोज श्रेष्ठको गोलको मद्दतमा वडा नम्बर १० ले वडा नम्बर २ लाई १–० गोलले निराश बनायो । इम्रोज प्लेयर अफ दि म्याच पनि घोषित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप