निगरानी गर्न पिताले छोरीको टाउकोमा सर्भिलियन्स क्यामरा जडान गरेपछि...
बुधबार, ०२ असोज २०८१, १४ : १२

इस्लामाबाद । पाकिस्तानमा एक पिताले आफ्नो छोरीको सुरक्षाका लागि भन्दै टाउकोमा सर्भिलियन्स क्यामरा लगाइदिएका छन् । छोरीको चियोचर्चा गर्न सजिलो होस् भनेर टाउकोमा सर्भिलियन्स क्यामरा राखिदिएको भिडियो माइक्रो ब्लगिङ वेबसाइट एक्समा भाइरल भइरहेको छ ।
छोरीको दिनभरिको गतिविधिमा निगरानी गर्न र उनी सकुशल छिन् भन्ने सुनिश्चित गर्न उनले यसो गरेको बताइएको छ । भिडियोमा युवतिको अन्तरवार्ता छ । हरियो सलले टाउको छोपेकी ती युवतिको टाउकोमा ब्याट्रीबाट चल्ने सर्भिलियन्स क्यामरा छ ।
उनको अनौठो हुलियाबारे प्रश्न गर्दा यो सबै पिताको आइडिया भएको उनले बताएकी छिन् । कराँचीमा एक युवतिको भयानक मृत्यु पछि पिता आफ्नो सुरक्षाबारे चिन्तित बनेर यो उपाय अपनाएको युवतिको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए