चक्रवात ‘यागी’ का कारण दक्षिण पूर्वि एसियाका ६० लाख बालबालिका प्रभावित : युनिसेफ

बैंकक । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दुई हप्ता अघि भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो ।
थाइल्यान्डले बुधबार थप तीन जनाको मृत्यु भएको जनाएसँगै यस क्षेत्रमा कुल ५३७ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको पहुँच सम्झौताको आधारमा यागीबाट प्रभावित बालबालिकाको सङ्ख्या उल्लेख गरेको हो ।
कमजोर बालबालिका तथा परिवारहरूले यागीले निम्त्याएको विनाशकारी परिस्थिति सामना गर्न बाध्य भएको युनिसेफका पूर्वी एसिया प्रशान्तका क्षेत्रीय निर्देशक जुन कुनुगीले बताएक छन् । यसैगरी भियतनाममा पिउने पानी र सरसफाइको अभावका कारण करिब ३० लाख मानिसहरु रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ ।
म्यानमामा बाढीका कारण करिब चार लाख मानिसहरू विस्तापित भएका छन् । युनिसेफले यागीले म्यानमामा गम्भीर मानवीय अवस्था निम्त्याइ सीमान्तकृत समुदायलाई सङ्कटमा धकेलेको उल्लेख गरिएको छ । विश्व खाद्य कार्यक्रमले बुधबार म्यानमारमा यसै हप्ता आपतकालीन प्रतिक्रिया सुरु गरी पाँच लाख मानिसहरूलाई एक महिनाको आपतकालीन खाद्यान्न वितरण गर्ने जनाएको छ । युनिसेफका अनुसार जलवायु परिवर्तन र मानवीय खतराले पूर्वी एसिया र प्रशान्त क्षेत्रका बालबालिकालाई व्यापक असर गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष