दिलजित दोसाँझलाई महिला फ्यानले पठाइन् कानुनी नोटिस
नयाँ दिल्ली । पन्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझ हिजोआज दिल लुमिनाटी कन्सर्टका कारण चर्चामा छन् । दिल्लीमा हुन लागेको यो शोको टिकटको मूल्य निकै महँगो छ ।
जसका कारण उनका फ्यानमा केही निराशा छाएको छ । यसैबिच कन्सर्टलाई लिएर अर्को खबर आएको छ । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार दिलजितमाथि ‘दिल–लुमिनाटी’ कन्सर्टको टिकट मूल्यमा हेरफेर गरेको भन्दै कानुनी नोटिस आएको छ ।
रिपोर्टमाथि विश्वास गर्ने हो भने टिकट किन्न नसकेपछि दिल्लीका एक कानुनकी छात्राले गायकलाई कानुनी नोटिस पठाएका हुन् । आयोजकहरूले टिकटको उपलब्धतामा धाँधली गरेको उनको आरोप छ । मूल्यमा पनि धाँधली गरेर टिकटको भाउ बढाइएको भनिएको छ । १२ सेप्टेम्बरमा कन्सर्टको टिकट केही बेर मात्रै विक्री खुलाएर तुरुन्तै बन्द गरिदिएको ती छात्राको आरोप छ ।
अर्ली बर्ड पासका लागि आफूले एचडीएफसी क्रेडिट कार्ड किने पनि टिकट पाउन नसकेको उनको भनाइ थियो । यो नोटिस दिलजित बाहेक अन्य पक्षलाई पनि पठाइएको छ । दिलजीत दोसाँझ यतिबेला युरोपमा छन् । उनी अक्टोबरमा भारत फर्किने समाचारमा उल्लेख छ।
भारतका १० सहरमा उनको कन्सर्ट छ । हालै उनको ‘चल कुँडिए’ गीत रिलिज भएको छ । यो निर्देशक करण जोहरले बनाएको फिल्म ‘जिगरा’को गीत हो । यस फिल्ममा आलिया भट्ट र वेदाङ्ग रैना मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
कांग्रेसद्वारा अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन
-
देश विकास सरकारको प्रमुख लक्ष्य हो : मन्त्री पाण्डे
-
६ महिनामा १० करोड बराबरको अचार १० मुलुकमा निर्यात
-
सिराहामा ४५ हजार किशोरीलाई एचभीपी खोप लगाइँदै
-
मेलवादेवी गुरुङ : गीत रेकर्ड गराउने प्रथम नेपाली महिला