फिल्म ‘अज्ञात’ मा नीति
बुधबार, ०२ असोज २०८१, १२ : ३२

काठमाडौंँ । अभिनेत्री नीति शाह ‘अज्ञात’ मा पनि देखिने भएकी छन् । समोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही मुख्य कलाकारको रुपमा छन् ।
कर्म पिङ्की भुटियाको निर्माण रहने फिल्ममा प्रदीप भारद्वाजको स्क्रिप्ट लेखन छ । यो फिल्मलाई हरि हुमागाइँले छायाङ्कन गर्नेछन् । आगामी माघपछि छायाङ्कन सुरु गर्न लागिएको फिल्मलाई २०८२ सालको फूलपातीमा प्रदर्शन गर्ने बताइन्छ ।
नेपाल र सिक्किममा छायाङ्कन गरिने फिल्म एक्सन प्रधान हुनेछ । नीति ‘खजुरे ब्रो’ बाट अभिनयमा भित्रिएकी हुन् । फिल्म असफल भएपनि उनको हातमा भने फिल्म राम्रो छ ।
उनी अभिनित अहिले ‘ज्वाई साप’ प्रदर्शनको तयारीमा छ । उनले ‘रुखान’, ‘नरसिंहा अवतार’ र ‘मोहर’ गरी तीन फिल्म सम्झौता गरेर बसेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान
-
खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य
-
दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिन्छः बाबुराम
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो