आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

स्वर्ण जितेको चार दिनपछि शारीरिक सुगठन खेलाडी प्रकाशको निधन

बुधबार, ०२ असोज २०८१, २१ : ४८
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । गत शनिबारमात्र ‘पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता’ मा स्वर्ण पदक जितेका शारीरिक सुगठन खेलाडी प्रकाश राईको बुधबार निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।

बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल ग्रान्डी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा ४५ वर्षीय राईको निधन भएको थियो ।

राईले मिस्टर काठमाडौ प्रतियोगितामा ७५ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । उनी फोनिक्स फिट्शालाका खेलाडी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप