अन्तर सिनेमा फुटसल प्रतियोगितामा ९ टोली

काठमाडौँ । म्यानेन्ट भेन्चर्सले काठमाडौँमा ‘अन्तर सिनेमा फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगितामा नौवटा सिनेमा हलका टोलीको सहभागिता रहने छ । प्रतियोगिताको समूह विभाजन बुधबार गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बिग मुभिज, बीएसआर मुभिज, सीके सिनेमा, एफक्युब सिनेमा, आईएनआई सिनेमा, कीर्तिपुर सिनेप्लेक्स, वन सिनेमा, क्यूएफएक्स सिनेमा र रञ्जना सिनेप्लेक्सको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिता असोज ६ देखि ८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरु ढुकु स्पोर्टस हबमा सञ्चालन हुने बताइएको छ । प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिने छ । लिग चरणको समाप्तिपछि दुबै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको लिग चरणको खेल असोज ६ गते हुनेछ । असोज ७ गते दुबै सेमिफाइनल खेल खेलाइने छ । प्रतियोगिताको फाइनल खेल असोज ८ गते हुनेछ । अन्तर सिनेमा फुटसल प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’
-
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री
-
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?