लेबनानमा पेजर विस्फोटको कारण के हो ?

बेरुत । मंगलबार राजधानी बेरुतसहित धेरै ठाउँमा भएका पेजर विस्फोटमा परेर लेबनानमा अहिलेसम्म नौ जनाको मृत्यु भएको छ भने २८ सयभन्दा बढी घाइते भएका छन् । पेजरमा यी विस्फोट कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन ।
तर हिजबुल्लाहले यसका लागि इजरायललाई जिम्मेवार ठहराएको छ भने इजरायलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । राजधानी बेरुतमा स्थानीय समयअनुसार अपराह्न ४ बजेर ४५ मिनेटमा यी विस्फोट सुरु भएका थिए ।
मानिसको गोजीबाट धुवाँ निस्किरहेको देखेको एक प्रत्यक्षदर्शीले बताए । के हो भनेर थाहा पाउनु अघि नै विस्फोट भयो । यसको आवाज बन्दुकको गोली वा पटाका जस्तै थियो ।
पसलमा किनमेल गर्न आएका व्यक्तिको खल्तीमा राखिएको पेजर विस्फोट भएको दृश्य एक सीसीटीभी फुटेजले देखाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो पहिलो विस्फोटपछि करिब एक घण्टासम्म शृङ्खलाबद्ध विस्फोटहरू जारी रह्यो ।
यी विस्फोटहरू ह्याकिङ वा पेजरको ब्याट्री बढी तातिएका कारण भएको हुनसक्ने मानिएको छ । केही विशेषज्ञहरूले ब्याट्री ओभरहिट भएको सम्भावनालाई अस्वीकार गरेका छन् ।
सीसीटीभीमा देखिएका दृश्यका आधारमा ब्याट्री बढी तातो भएर यस्ता सिरियल ब्लास्ट हुन नसक्ने उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?
-
प्रेस सेन्टरको अधिवेशन: नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र
-
८ बर्षपछि अभिनयमा फर्किँदै सुशांक
-
अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान खेलाडी सम्मानित
-
प्रेस सेन्टरको उपमहासचिवमा लक्ष्मी आचार्य निर्विरोध
-
हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबीलाई यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन