च्याम्पियन्स लिग फुटबल : लिभरपुलको हौसला बढाउन आतुर फिलिप जब दुर्घटनाको शिकार भए ...
काठमाडौँ । नयाँ ढाँचा, थपिएको टोली र वृद्धि गरिएको पुरस्कार राशिसहित मंगलबार रातिदेखि सुरु भएको च्याम्पियन्स लिग फुटबलको लिग चरणको पहिलो दिन इङ्लिस क्लब लिभरपुलले दुःखद क्षणको सामना गर्नु परेको छ ।
लिग चरणमा लिभरपुलको पहिलो खेल बलियो इटालियन प्रतिद्वन्द्वी एसी मिलानसँग परेको थियो । उक्त खेल एसी मिलानको घरेलु मैदानमा खेलिएको थियो । खेलमा प्रिमियर लिग क्लब लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै एसी मिलानलाई ३–१ गोलले हराएको थियो ।
तर, खेल सुरु हुनुअघि लिभरपुलले एउटा दुःखद क्षणको सामना गर्नु परेको थियो । आफ्नो टोलीको हौसला बढाउन मिलान पुगेका लिभरपुलका एक समर्थकको सवारी दुर्घटनामा परी निधन भएको समाचारमा जनाइएको छ ।
५१ वर्षीय फिलिप डुली लिभरपुलको हौसला बढाउन मिलान पुगेका थिए । तर, रङ्गशाला पुग्नुअघि नै एउटा गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको बताइएको छ । उनलाई मिलाननजिकै बेर्गामो सहरमा गाडीले ठक्कर दिएको स्थानीय प्रहरीले जनाएको छ ।
उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ । उक्त घटना सार्वजनिक भएपछि लिभरपुलका खेलाडीहरू फिलिपप्रति श्रद्धाञ्जली व्यक्त गर्न एसी मिलानविरुद्धको खेलका क्रममा पाखुरामा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए ।
दुवै टोलीका समर्थकहरूले पनि डुलीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । समर्थकहरूले फिलिपप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फूल चढाएका थिए । स्टेडियममा फिलिपका लागि छुटाइएको सिटमा दुवै टोलीका समर्थकहरूले श्रद्धापूर्वक पुष्पगुच्छा अर्पण गरेका थिए ।
‘हाम्रा समर्थकको अप्रत्याशित निधनले क्लब मर्माहत भएको छ । हामी फिलिपप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ । शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ । हार्दिक श्रद्धाञ्जली फिलिप,’ लिभरपुलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । लिभरपुलले मिलानमा रहेका आफ्ना अधिकारीहरूले डुलीको घटनाको छानबिनमा स्थानीय प्रहरीसँग समन्वय गरिरहेको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलरको तुलनामा अहिलेसम्मकै कमजोर बन्यो भारु
-
माघे सङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो
-
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
-
बायाँ खुट्टा भाँचिएको थियो, डाक्टरले दायाँ खुट्टाको गरे अप्रेसन
-
महासचिव वैद्य अस्पताल भर्ना
-
‘माओवादीका अघिल्तिर जम्मा दुई विकल्प मात्रै छन्’