गोकुलको व्यङ्ग्य : चितवनलाई फेरि जान्नेलाई छान्ने चान्स आउने भयो
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेपछि उनले सो कुरा बताएका हुन् ।
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी दुईपटक सोही क्षेत्रबाट निर्वाचित भएका थिए । आम निर्वाचनमा जित हासिल गरेका लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएको थियो । पाँच महिनापछि भएको उपनिर्वाचनमा लामिछाने पपुलर मतसहित पुनः विजयी भएका थिए ।
समितिको प्रतिवेदनको सिफारिसपछि कानुनविद्का वकिली तर्क र राजनीतिक सौदाबाजी नभए हिउँदमा नै उपनिर्वाचन हुनसक्ने बास्कोटाले बताएका छन् ।
बास्कोटा लेख्छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ।७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी
-
संसारभर महिलाहरूको अधिकार कसरी खोसिँदै छ ?
-
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने
-
बढ्दै मध्यपूर्व तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा