मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारी बागमतीको अध्यक्षमा पौडेल निर्वाचित

बुधबार, ०२ असोज २०८१, ०६ : ३७
बुधबार, ०२ असोज २०८१

मकवानपुर । अखिल क्रान्तिकारी बागमती प्रदेशको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् । क्रान्तिकारी बागमती प्रदेशको दोस्रो  सम्मेलनबाट अध्यक्ष पदमा पौडेल निर्वाचित भएका हुन् । 

 पौडेलले उक्त पदमा २३२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी अशोक देवकोटालाई पराजित गरेका हुन् । देवकोटाले १४३ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का उम्मेदवार सरोज भण्डारीले ६२ मत पाए ।

त्यस्तै ५ उपाध्यक्ष पदमा क्रमशः सन्तोष चौहान, हरि बहादुर खड्का, अस्मिता ठकुरी, ममता पाण्डे र क्षेत्र कुमार तामाङ निर्वाचित भएका छन् । ३ खुल्ला उपाध्यक्ष पदमा भएको निर्वाचनमा चौहानले २२०, खड्काले १७९ र ठकुरीले ३१४ मत प्राप्त गर्दै निर्वाचन जिते । सो पदमा रामकृष्ण सिवाकोटी ११६ र श्रावण कुमार बर्तौला १२३ मत प्राप्त गर्दै पराजित भए । महिला कोटामा पाण्डे र समावेशी तर्फ तामाङ निर्विरोध निर्वाचित भएका थिए ।

प्रमुख सचिव पदमा विजय लामा २३६ मतसहित निर्वाचित हुँदा सुवास गौतम १७९ मत ल्याएर पराजित भए । ५ सचिव पदमा क्रमशः विजय घिमिरे, रितिक राज गिरी, विवेक कार्की, उर्मिला तामाङ र विज्ञान दोरजे बल, कोषाध्यक्ष पदमा अनिता कुमारी श्रेष्ठ निर्वाचित भए । सम्मेलनबाट ४३ सदस्य समेत निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप