लेबनानमा मेसेज पठाउन प्रयोग हुने पेजर एकसाथ विस्फोट, कम्तीमा ९ जनाको मृत्यु
विष्फोटमा परी २ हजार ७ सय ५० जना घाइते, २ सय जनाको अवस्था गम्भीर
लेबनान । लेबनानमा मंगलबार मेसेज पठाउन प्रयोग हुने पेजर एकसाथ विस्फोट हुँदा हिज्बुल्लाहका सयौं सदस्यहरू घाइते भएका छन्।
यस घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यस घटनामा हालसम्म २ हजार ७ सय ५० जना घाइते भएको जनाएको छ । तीमध्ये २ सय जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।
हिजबुल्लाहले इजरायललाई यो घटना घटाउन जिम्मेवार ठहर्याएको छ। एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाह समूहले उचित सजाय दिने बताएको छ।
हिजबुल्लाहले आफ्नो विज्ञप्तिमा भनेको छ, 'यस आक्रमणको लागि शत्रुलाई अवश्य सजाय दिइनेछ, हामी प्यालेस्टिनी जनताको संघर्षलाई पूर्ण समर्थन जारी राख्नेछौं।'
इजरायलको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। हिज्बुल्लाहका एक अधिकारीले एसोसिएटेड प्रेसलाई बताएअनुसार पेजरको नयाँ ब्रान्ड पहिले अति तात्यो र त्यसपछि विस्फोट भयो।
इरानको सरकारी समाचार एजेन्सी इरनाले पेजर विष्फोटमा देशका राजदूत मोज्ताबा अमानी समेत सामान्य घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविका वकिलको दलिल : धरौटी माग्दा अन्याय हुन्छ, तारेखामा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्छ
-
आशिका तामाङ पक्राउ
-
गाजामा युद्धविराम सम्झौताको मस्यौदालाई हमासले दियो मञ्जुरी
-
अहिलेको सन्दर्भमा समाजवादको सही बाटो कसरी पहिल्याउने ?
-
प्रधानमन्त्रीबाट कर्मक्युर होटेल उद्घाटन
-
रोहित शर्मादेखि यशस्वीसम्म घरेलु क्रिकेट खेल्ने तयारीमा, विराट कोहलीको टुंगो छैन