नेपाल ट्रष्टका नाममा रहेका जग्गा संरक्षण गर्छौं : मन्त्री अधिकारी

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टका नाममा रहेका जग्गा संरक्षण गर्न सरकारले खोजी कार्य थालेको बताएका छन् । मंगलबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गाको निरीक्षणपछि उनले सरकारले ट्रष्टको स्वामित्वमा रहेका देशभरका जग्गा खोजी गरी संरक्षण कार्य सुरु गरेको बताए ।
मन्त्री अधिकारीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय, कलेज, अस्पताललगायतको अवलोकन गरी भौतिक अवस्थिति र शैक्षिक अवस्थाबारे जानकारी लिए । उनले भक्तपुर दरबार क्षेत्रस्थित सांस्कृतिक एवं ऐतिहासिक महत्वका सम्पदाको पनि अवलोकन गरेका थिए ।
त्यसअवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जनताको सुखदुःखमा सबैभन्दा नजिक रहेको स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग गरे । उनले नगरपालिकाले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिरहेकाबारे समेत मन्त्री अधिकारीलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’