पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु
मङ्गलबार, ०१ असोज २०८१, २१ : ५७

सिरहा । सिरहामा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–४ बस्तिपुरका सुमित लामाको ३ वर्षीय छोरा ३ नुरगेन लामाको सोही ठाउँको पोखरीमा डुबेर मंगलबार अपराह्न मृत्यु भएको छ ।
डुबेर बेहोस भएका उनको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यसैगरी जिल्लाकै औरही गाउँपालिका ५ मा रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय सजिबुल खानकी ३ वर्षीया छोरी अलिया खातुनको मंगलबार अपराह्न मृत्यु भएको छ ।
नुहाउने क्रममा पोखरीमा डुबेर बेहोस भएकी उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल