शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

४० वर्षमुनिका २० युवालाई राप्रपाले बनायो केन्द्रीय सदस्य (सूचीसहित)

मङ्गलबार, ०१ असोज २०८१, २० : ३२
मङ्गलबार, ०१ असोज २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । 

राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

पार्टीका उपाध्यक्ष ध्रुबबहादुर प्रधान संयोजक रहेको छनौट समितिले विभिन्न मापदण्डका आधारमा अन्तर्वार्ता लिएपछि  १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनौट गरेको उनले बताए । 

पुरुष १० तर्फ दार्चुलाका अशोक सिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका बिनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका ईन्जिनियर गोपीकृष्ण चौलागाई, दाङ्गका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र, काठमाडौँका समीर शर्मा र युके प्रवासका डा‍.डेभिड थापा छनोट भएका छन् । 

यसैगरी महिला १० तर्फ धादिङ्की मा.बिना लामा, पर्साकी मा.बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी ईञ्जिनियर सजिना कार्की, सल्यानकी मा.अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी ईञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४, काठमाण्डौंकी आश्मा कुमारी केसी र हुम्लाकी तारा जैसी रहेका छन् ।

राप्रापाले पार्टी संगठनको कार्यशैलीमा व्यापक सुधारको नीति अघि सारेको छ । जसअुनसार सो पार्टीले एक वर्षमा दुई लाख सक्रिय सदस्य पुर्‍याउने लक्ष्य छ । 

राप्रपाको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार आजदेखि पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्न समेत थालिएको छ ।  ।

यस्तै राप्रपाले पार्टीको वडादेखि सबै तहका अधिवेशन गर्नका कार्यसम्पादन समितिका सदस्य तोरण बहादुर गुरुङको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिइएको छ । राप्रपाका नेताहरुका अनुसार वैशाखसम्म अधिवेशन सकेर २०८२ मंसिरभित्र महाधिवेशन गर्नेगरी पार्टी अघि बढेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप