दसैँ-तिहारमा वायुसेवा निगमका कर्मचारीलाई अनावश्यक बिदा बस्न रोक

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आगामी दसैँ, तिहार र छठ पर्वमा नेपाल वायुसेवा निगमका जहाजहरूमार्फत नियमित उडानहरू सुचारु राख्न कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । यसका लागि २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेस गर्न भनिएको छ ।
अधिकारीले निगमका नायव महाप्रबन्धक(प्रा.), इन्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ्ग एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरूलाई मंगलबार बोलाएर सो निर्देशन दिएका हुन् । यसै गरी अत्यावश्यक र अत्यन्त जरुरी बाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहत कर्मचारीहरूलाई समेत नपठाउन प्रस्ट निर्देशन दिइएको छ ।
साथै, उक्त अवधिमा निगमका सबै विभागका इन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीहरूलाई कार्यालयको काममा वाधा पर्ने गरी बिदा नदिनसमेत निर्देशन अधिकारीले निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?