आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वातावरणीय सन्तुलनमा गम्भीर रहन मुख्यमन्त्री लामाको जोड

मङ्गलबार, ०१ असोज २०८१, १९ : ३९
मङ्गलबार, ०१ असोज २०८१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मानव र वातावरणबिच निकै घनिष्ठ सम्बन्ध रहेकोले बताएका छन् । वातावरणीय सन्तुलन कायम गरी मानवसँगको अन्तरसम्बन्धमा गम्भीर रहनुपर्ने उनले बताए ।

मंगलबार प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा हेटौंडा उपमहानगरपालिका–९ स्थित दिव्य बाल उद्यानमा भएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री लामाले वातावरण संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताए । 

पछिल्लो समय वन जंगल विनाश हुने क्रम दिनप्रति दिन बढ्नाले वातावरण प्रभावित भएको र त्यसबाट मानवलाई प्रत्यक्ष असर गरिरहेको उनको भनाई छ । वातावरण सन्तुलनसँगै आर्थिक समृद्धिमा वन तथा वातावरण क्षेत्रलाई समेट्ने गरी दिगो वन व्यवस्थापनमा प्रदेश सरकार अघि बढेको उनले बताए ।

उनले पछिल्लो समय अव्यवस्थित बसोबास, जंगलको भू–माग अतिक्रमण, लगायतका कारणले वातावरणमा असन्तुलन पारिरहेको बताए ।  

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री सुरज लामिछानेले वातावरण संरक्षणको निम्ति हाल भएका वन जंगलको संरक्षण तथा दिगो व्यवस्थापनमा जुट्नुपर्ने बताए । खुल्ला क्षेत्रहरूमा वृक्षारोपण गरेर वातावरण सन्तुलनमा काम गर्नुपर्ने उनको भनाई छ । वातावरणीय सन्तुलन कायम रहे मानवीय अस्थित्व रहने उनले बताए । वन विनाश र वातावरण असन्तुलनले मानवीय अस्थित्व नै संकटमा पर्ने अवस्था सृजना भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप