रुसमा तीन जना सवार हेलिकप्टर बेपत्ता
मङ्गलबार, ०१ असोज २०८१, १९ : २३

भ्लाडिभोस्टक । रुसको सुदूर पूर्वको अमुर क्षेत्रमा तीन जना सवार रोबिन्सन आर६६ हेलिकप्टर बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् ।
रुसी आपत्कालीन मन्त्रालयको क्षेत्रीय प्रेस सेवाका अनुसार हेलिकप्टरले सोमबार आफ्नो आपत्कालीन ‘बीकन सिग्नल’ सक्रिय गर्यो । बिकन साना भौतिक यन्त्र हुन्, जसले रेडियो सिग्नल प्रसारण गर्छ । यो स्मार्टफोनद्वारा पत्ता लगाउन सकिन्छ । हाल खोजी तथा उद्धार कार्य जारी छ ।
जेया नगरपालिका जिल्लामा दर्ता नगरी उडान गरिरहेको हेलिकप्टर बेपत्ता भएको प्रेस सेवाले जनाएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म