ग्रामी जितेको माइली साइरसको गीतमाथि चोरीको आरोप
![ग्रामी जितेको माइली साइरसको गीतमाथि चोरीको आरोप](https://npcdn.ratopati.com/media/news/capture_eJphnwNqn6.png)
लस एन्जलस । अमेरिकी गायिका माइली साइरसमाथि चोरीको आरोप लागेको छ । गायिकाले जुन गीतका लागि ग्रामी जितेकी थिइन् त्यही गीतमा चोरीको आरोप लागेको हो । गायक ब्रुनो मार्सको लोकप्रिय गीतको साइरसले आफ्नो गीत ‘फ्लावर्स’मा नक्कल गरेको आरोप लागेको छ ।
माइलीको यस गीतले यही वर्ष ग्रामीमा सर्वश्रेष्ठ पप सोलोको श्रेणीमा ग्रामी अवार्ड पाएको थियो । यो गायिकाको पहिलो ग्रामी अवार्ड थियो । गत वर्ष रिलिज भएको यो गीत अमेरिकामा आठ हप्तासम्म पहिलो नम्बरमा रहेको थियो । बेलायतमा यो गीत १० हप्तासम्म पहिलो स्थानमा रहेको थियो ।
यस मामिलामा साइरसमाथि मुद्दा दायर भएको छ । फ्लावर्स लेख्दा माइली र उनका सह–लेखकहरूले ब्रुनो मार्सको ‘जब आई वॉज योर म्यान’को केही हिस्साको नक्कल गरेको बताइएको छ । ब्रुनोको यो गीत २०१३ मा आएको थियो । मिडिया रिपोर्टका अनुसार टेम्पो म्युजिक इन्भेस्टमेन्ट नामको कम्पनीले माइली विरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घनको मुद्दा हालेको छ ।
मुद्दामा माइलीको साथमा गीतका सह–लेखकहरू ग्रेगरी हेन र माइकल पोलकको नाम पनि मुछिएको छ । टार्गेट, वालमार्ट, एप्पल र सोनी म्युजिक पब्लिसिङलगायत धेरै कम्पनीमाथि माइलीका यो गीत वितरण गरेको आरोप लगाइएको छ । कम्पनीले फ्लावर्स गीतको वितरण पूर्ण रूपमा रोक्न र प्रदर्शन बन्द गराउन पनि माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए
-
अध्यादेशमा जसपा नेपालको आपत्ति कहाँ ?