पर्यटन, हवाई र संस्कृति नीति समसामयिक बनाइनेछ : मन्त्री पाण्डे
मङ्गलबार, ०१ असोज २०८१, १६ : १७

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन नीतिमा समसामयिक परिवर्तन गर्ने बताएका छन् ।
संस्कृति नीति, पर्यटन नीति, र हवाई सम्बन्धी नीतिमा सामयिक परिवर्तन गर्ने कुरालाई जोड दिएर आफूले छलफललाई अघि बढाएको उनको भनाई थियो । मंगलबार नेपाल पर्वतारोहण संघले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी पर्वतारोहण क्षेत्रलाई गतिशील बनाउन पनि आफू लागि परेको जिकिर गरे ।
मन्त्री पाण्डेले आगामी हिउँदे अधिवेशनमा पर्यटन क्षेत्रले कानुनी राज्यलाई स्थापित गराउने गरी कानुन निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाए ।
मन्त्री पाण्डेले उड्डयनको क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउने गरी कानुन निर्माणको कामलाई अघि बढाएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा एक अर्ब लगानीमा औषधि उद्योग खुल्दै
-
ठुलो रकम खर्च गरेर आफ्नै पूर्वखेलाडीलाई भित्राउने तयारी गर्दै स्पेनिस ‘पावर हाउस’ बार्सिलोना
-
झापामा १५ तोला सुन चोरी
-
पोखरीमा डुबेर दुई जनाको मृत्यु
-
भक्तपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ
-
सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष प्रचण्डको प्रतिबद्धता