अन्तर वडा फुटसलमा काठमाडौँ महानगरपालिकाको विजयी सुरुवात

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लैनचौर फुटसल मैदानमा मंगलबार भएको उद्घाटन खेलमा काठमाडौँ महानगरपालिकाले आयोजक वडा नम्बर २३ को टोलीलाई टाइब्रेकरमा २–१ गोलले हराएको हो ।
पहिलो दिन भएका अन्य खेलमा वडा नम्बर २ र वडा नम्बर ६ का टोलीले पनि सफलता हात पारे । काठमाडौँ महानगरपालिका र वडा नम्बर २३ को टोलीले निर्धारित समयको खेल १–१ को बराबरी खेलेका थिए । अनुप प्रधानले काठमाडौँ महानगरपालिकालाई अग्रता दिलाएका थिए ।
वडा नम्बर २३ का राजिव चित्रकारले बराबरी गोल गरे । त्यसपछि जित हारको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा काठमाडौँ महानगरपालिकाले जित जित हात पार्दै प्रिक्वार्टरफाइनलमा स्थान बनायो । उक्त खेलमा अनुप म्यान अफ दि म्याच बने ।
दोस्रो खेलमा वडा नम्बर ९ ले वडा नम्बर २७ को टोलीलाई २–० गोलले पराजित ग¥यो । विजयी टोलीका लागि दुवै गोल मिङमा लामा तामाङले गरे । उक्त खेलमा मिङमा नै म्यान अफ दि म्याच पनि घोषित भएका थिए ।
यसैगरी, तेस्रो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ११ को टोलीलाई ३–२ गोलले निराश बनायो । वडा नम्बर ६ का लागि विपल्व लामा, दिपेश श्रेष्ठ र केशव भण्डारीले गोल गरे । वडा नम्बर ११ का लागि जनक कोइारला र रितेश महतोले गोल गरे । उक्त खेलमा वडा नम्बर ६ का केशव म्यान अफ दि म्याच घोषित भए ।
त्यसअघि काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वटा वडाको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीलाई ट्रफीसहित दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
उपविजेता टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई पनि जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल