मेटाले रुसका सरकारी सञ्चारमाध्यमको नेटवर्कमाथि प्रतिबन्ध लगाउने

क्यालिफोनिर्या । सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाले रुसको कयौँ सरकारी सञ्चार माध्यमका नेटवर्कमाथि प्रतिबन्ध लगाउने भएको छ ।
डिटेक्शन छल्न र विदेशमा हस्तक्षेप वा प्रभाव पार्ने खालका कारबाहीहरू सञ्चालन गर्न उनीहरूले आफ्नो प्लेटफर्ममा अनेक दाउपेच गर्ने गरेको आरोप लगाउँदै मेटाले सो कदम चालेको हो । धेरै विचार गरेपछि रुसी सरकारी सञ्चारमाध्यममाथि लगाइरहेको प्रतिबन्ध विस्तार गरिएको कम्पनीले बताएको छ ।
अब रोस्सिया सिगोद्न्या, आरटी र सम्बन्धित अन्य संस्थाहरूलाई आफ्नो एपमा बन्देज लगाएको मेटाले भनेको छ । प्रतिबन्ध अबको केही हप्तामै सुरु हुने बताइएको छ । प्रतिबन्धको विषयमा वाशिङ्टनमा रहेको रुसी दूतावासको साथसाथै यसअघि रसिया टुडे भनेर चिनिने आरटी, स्पुतनिक न्यूज एजेन्सी, रोस्सिया सिगोद्न्याले कुनै प्रतिक्रिया नदिएको बीबीसीले भनेको छ ।
पश्चिमी देशहरूको राजनीतिलाई प्रभावित पार्ने कोसिस गरे दाबीहरू आउन थालेपछि रुसका सरकारी सञ्चार माध्यमहरूमाथि कडाइ बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका जायज माग सम्बोधनमा ढिला हुनु हुँदैन : एनपी साउद
-
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैन : आयोजना
-
‘३५ वर्षसम्म देश लुटेकाहरूको जेलभित्र दश दान र बैतर्नी गर्ने अन्तिम इच्छा छ’
-
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल
-
बानेश्वर क्याम्पसका स्ववियु सदस्य ठकुल्ला पहिलो बैठक नै नबसी बिदेसिए
-
थियटर फेस्टिभलभित्र ‘इन्स्टलेसन आर्ट’