प्रहरी चौकीमै प्रहरीको छापा

काठमाडौँ । अपराधी लुकेको वा कुनै गैरकानुनी काम भइरहेको आशंकामा कानुन अनुसार प्रहरीले छापा मार्ने गर्दछ । तर प्रहरी चौकीमै प्रहरीले छापा मारेको अनौठो घटना प्रकाशमा आएको छ ।
भारतको बिहार राज्यस्थित कैमूर जिल्ला अन्तर्गतको सोनहन प्रहरी चौकीमा छापा मारिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार भभुआ थानाका ‘स्टेसन हाउस अफिसर’ (एसएचओ) मुकेश कुमारको नेतृत्वमा प्रहरीको एउटा टोलीले सोनहन प्रहरी चौकीमा छापा मारेको हो ।
उक्त चौकीका प्रहरी अधिकारीले मदिरा सेवन गरेको सूचना पाएपछि छापा मारिएको जिल्लाका एसपी ललित मोहन शर्माले जानकारी दिएका छन् । बिहारमा मदिरा प्रतिबन्धित छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोनहन प्रहरी चौकीका सबइन्सपेक्टर राजीव रञ्जन, सिपाहीद्वय चन्द्रजीत र अमरेन्द्र कुमारलाई मदिरा पिएर लठ्ठ भएको अवस्थामा नियन्त्रणमा लिइएको छ । यस अतिरिक्त एक सर्वसाधारणलाई पनि मादक पदार्थ सेवन गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका चारै जनाको मुत्र र रगत परीक्षणका लागि नमूना पठाइएको अधिकारीहरूले जनाएका छन् । उनीहरूलाई तत्काल निलम्बन गरिएको छ । एसपीले उनीहरूविरुद्ध विभागीय कारबाहीका लागि समेत आदेश दिइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक
-
सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
‘रवीन्द्र मिश्र र धवल शमशेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गर्यो’
-
प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
-
१० औँ राष्ट्रिय खेलकुद जेठमा नहुने