शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘झिल्के एण्ड द कम्पनी’ ब्याण्डको गीत ‘काठमाण्डु सहर’ सार्वजनिक

मङ्गलबार, ०१ असोज २०८१

काठमाडौँ । नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाण्डु सहर’ सार्वजनिक भएको छ । काठमाडौँ सहरलाई समर्पित गरिएको गीतमा काठमाडौँको जीवन्त संस्कृति र समृद्ध इतिहासको वर्णन गरिएको छ ।

ब्याण्डको एल्बम ‘जवानीको जोश’मा समेटिएको गीत ‘काठमाण्डु सहर’ले द्वन्दकालको समयमा काठमाडौँ सहरमा हुर्किदै गरेको एक युवकको अनुभवहरुलाई समेटिएको छ । व्यंग्यात्मक शब्दहरू र आकर्षक धुनसँग साँचो मायाका साथ व्यंग्य मिसाइएका गीतले काठमाडौँको लागि एक प्रेम पत्र समेटेको छ । ब्याण्डका अनुसार यो गीत सबै प्लेटफर्ममा उपलब्ध छ ।

गीतका गायक तथा गीतकार स्टिभ देवानले काठमाडौँ आफ्नो घर भएकाले गीतमा घरप्रतिको गहिरो माया र स्नेहलाई प्रस्तुत गरेको बताए ।

म्युजिक भिडियो ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको युनेस्को विश्व सम्पदा क्षेत्र काठमाडौँ दरबार स्क्वायरमा छायांकन गरिएको हो ।

ब्याण्डका व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई) नेटवर्कका विकेश कायस्थले गीतले काठमाडौँको सुन्दरता र महत्वलाई जोड दिँदै गीतमार्फत सांस्कृतिक पहिचानको पनि प्रतिनिधित्व गराएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया