लाइभ डिबेटमा प्रतिस्पर्धी उम्मेदवारको टाउकोमा बज्रियो कुर्सी

साओ पाउलो । ब्राजिलको साओ पाउलोमा टेलिभिजनमा मेयरका प्रत्याशीहरूबिचको बहस प्रत्यक्ष प्रसारण भइरहँदा एक उम्मेदवारलाई अर्को उम्मेदवारले कुर्सीले हानेका छन् । आइतबारको बहसमा ६ जना प्रत्याशी सहभागी भएका थिए । यस क्रममा जोस लुइज डाटेनाले अर्का प्रतिस्पर्धी उम्मेदवार पाब्लो मार्कललाई आक्रमण गरे ।
पेशाले डाटेना टिभी प्रस्तोता हुन् भने मार्कल कट्टर दक्षिणपन्थी नेता । बहस अघि डाटेनाले थर्काएको जसरी आफूलाई कुट्न नसक्ने भन्दै मार्कलले उनलाई उक्साएका थिए । धम्की दिए जसरी हिर्काउन सक्ने गरी डाटेना पुरुष नभएको मार्कलको अभिव्यक्ति पछि यो घटना भएको हो । सन् २०१९ मा डाटेनाविरुद्ध एक महिला सहकर्मीले यौन दूरव्यवहारको उजुरी दिएकी थिइन् ।
तर पछि उनले सो उजुरी फिर्ता पनि लिइन् । बहस अघि मार्कलले सो आरोपको कुरा कोट्याएपछि डाटेनाले उनलाई ठोक्छु भनेर थर्काएका थिए । आइतबार झगडाका क्रममा डाटेनाले कुर्सीले मार्कलको काँधमै हाने । करङ्गमा चोट लागेपछि मार्कल अस्पताल जानु पर्यो । डाटेनालाई पनि बहसबाट बर्खास्त गरियो । त्यसपछि बाँकी उम्मेदवारबिच मात्रै बहस गराइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता