आतिशी बन्ने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री
नयाँ दिल्ली । दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ । आम आदमी पार्टी (आप)की नेतृ आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री हुनेछिन् । दिल्ली सरकारका मन्त्री गोपाल राईले सञ्चारमाध्यमलाई सो जानकारी दिएका हुन् । आतिशी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको गोपाल राईले भनेका थिए । भाजपाले आपलाई तोडेर सरकार ढाल्ने प्रयास गरेको थियो । तर हामीले उनीहरूको सबै प्रयासलाई विफल बनायौँ ।’ उनले भने ।
मंगलबार बिहान करिब ११ बजे बसेको व्यवस्थापिका–संसद्को बैठकले अतिशीको नाम अनुमोदन गरेको हो । अतिशीलाई सर्वसम्मतिले मुख्यमन्त्रीमा निर्वाचित गरिएको थियो । केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । अहिले उनले शिक्षालगायत महत्त्वपूर्ण विभागहरू सम्हालिरहेकी छिन् । मुख्यमन्त्री अरविन्द केजरीवालले आप कार्यकर्ताहरूलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेदेखि नै यो पद कसले लिने भन्ने चर्चा चलेको थियो ।
केजरीवालले अब दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउनेछन् । अरविन्द केजरीवाल १३ सेप्टेम्बरमा तिहाड जेलबाट रिहा भएका थिए । उनी मदिरा घोटलामा जेलमा थिए । त्यसपछि सेप्टेम्बर १५ मा पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । ‘जनताको फैसला नआएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन । म जनताको बीचमा जान्छ । फागुनमा चुनाव हुन्छ । आज म यस फोरमबाट नोभेम्बरमा महाराष्ट्रसँग चुनाव गराउनुपर्ने माग गर्दछु ।’ आफ्नो सम्बोधनमा केजरीवालले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएका ५ फिल्मसहित निफमा ८७ फिल्म प्रदर्शन हुने
-
ओली सरकारले सत्ताको दुरुपयोग गर्यो : माधव नेपाल
-
निकट समयमै पार्टी एकता गर्नेमा समाजवादी मोर्चाका चार दल सकारात्मक
-
प्रचण्ड–माधवलाई विप्लवको प्रस्ताव : संसद् तपाईं तताउनोस् सडकमा हामी साथ दिन्छौँ
-
टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : मेयर बालेन
-
रविले बुझाए धरौटी रकम