विषादी प्रयोगलाई न्यूनीकरण गर्न मन्त्री अधिकारीको आग्रह
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानलाई विषादी प्रयोगलाई न्यूनीकरण गर्न अनुरोध गरेका छन् । मंगलबार बल्खु कृषि तथा तरकारी बजारको १३ औँ वार्षिकोत्सव समारोहमा मन्त्री अधिकारीले विषादी प्रयोग नगरी कृषि उपज उत्पादन सम्भव नभएकाले विषादी प्रयोगमा न्यूनीकरण गर्न किसानलाई आग्रह गरेका हुन् ।
‘विषादी नभई कृषि नगदे बाली प्राप्त गर्न सकिँदैन,’ उनले भने, ‘यसलाई प्रयोग गर्न न्यूनीकरण गर्नुका साथै विज्ञहरूको सल्लाह अनुसार मात्रै प्रयोग गर्नुस् ।’
उनले उपत्यका बाहिर विषादी अनुगमन गर्दा मन्त्रालय आलोचितसमेत बनेको बताए ।
बल्खु कृषि तथा तरकारी बजारका व्यवस्थापक मोहन कुमार बस्नेतले कृषि उत्पादन हुने क्षेत्रमा नै विषादी परीक्षण गर्न माग राखे । उनले बजारमा आइसकेको कृषि उपजमा विषादीको परीक्षण गर्दा व्यवसायी मारमा परेको दाबी गरे ।
उत्पादन क्षेत्रमा नै विषादी परीक्षण गर्दा किसानलाई सचेत बनाउन सकिने बताए ।
कृषि उपजको ढुवानी सवारी साधनमा सरकारीले सहुलियत दिनु पर्ने, कृषि उपजको भण्डारणको व्यवस्थापन गर्नुपर्ने माग राखे ।
माछा व्यवसायी जङ्ग बहादुर साहले माछाको ढुवानीका लागि सरकारले सहज वातावरण मिलाउनु पर्ने आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
-
सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने
-
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
-
भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन कसरी भइरहेको छ काम ?
-
टिजरमा यस्तो देखियो अन्तर्राष्ट्रिय अवार्ड विजेता ‘राजागंज’
-
देशभर २ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप