नेपाल पुलिस क्लबले आज माल्दिभ्समा ताजकिस्तानको क्लबसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । मल्दिभ्सको राजधानी मालेमा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले मंगलबार आफ्नो तेस्रो खेल खेल्दैछ । पुलिस क्लबले तेस्रो खेलमा ताजकिस्तानको डाई मेडसँग भिडन्त गर्नेछन् ।
पुलिस क्लबले यसअघि लगातार दुई खेलमा जित हात पारेको छ । पुलिस क्लबले यसअघि आफ्नो पहिलो खेलमा आइतबार उज्बेकिस्तानको हुमो क्लबलाई ३–० सेटमा पराजित गरेको थियो ।
दोस्रो खेलमा पुलिस क्लबले सोमबार श्रीलंकन एयर फोर्सको टोलीलाई ३–० सेटले हराएको हो । त्यो खेलमा पुलिस क्लबले श्रीलंकन एयर फोर्सको टोलीलाई २५–१६, २५–२०, २५–२१ अंकले पराजित गरेको थियो ।
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब उक्त च्याम्पियनसिपमा सहभागिता जनाएको हो । पुलिस क्लबले आफ्नो चौथो खेल बिहीबार माल्दिभ्सको क्लब भामकोसँग र पाँचौँ तथा अन्तिम खेल शुक्रबार माल्दिभ्सकै पुलिस क्लबसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण
-
२० वर्ष पुराना ट्याक्सी जफत सुरु, शुक्रबार ट्राफिकले समात्यो दर्जनभन्दा बढी ट्याक्सी