शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

बिहे गर्न चाहन्छिन् कंगना रनौत

मङ्गलबार, ०१ असोज २०८१, १२ : १७
मङ्गलबार, ०१ असोज २०८१

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो बिहेबारे बोलेकी छिन् । न्यूज१८ इन्डियाको चौपाल कार्यक्रममा बलिउडकी ‘पंगा क्वीन’ र मण्डीकी सांसद कंगना रनौत पनि पुगेकी थिइन् । यस क्रममा उनले चलचित्र उद्योग, राजनीति, किसान आन्दोलन र आफ्नो विवाहबारे कुरा गरेकी थिइन् । 

३८ वर्षीय नायिकाको विवाह कहिले हुन्छ ? यो प्रश्न धेरैको मनमा छ । अभिनेत्रीले यसको जवाफ दिएकी छिन् । सो कार्यक्रममा रनौतको साथमा अभिनेता तथा सांसद चिराग पासवान पनि आएका थिए ।

कार्यक्रममा अभिनेत्रीलाई बिहे कहिले गर्ने भनेर सोधिएको थियो । यसको प्रश्नको जवाफमा कंगना रनौतले भनिन्, ‘पक्कै पनि म विवाह गर्न चाहन्छु भनेर भनेकी थिइन् । उनलाई बिहे यस सांसदको कार्यकालमा हुन्छ कि भनेर सोध्दा अभिनेत्रीले ‘ आशा त छ । त्यसपछि त गरेर कुनै फाइदा पनि छैन नि...’ यति भन्दा भन्दै अभिनेत्रीले आफ्नो हाँसो रोक्न सकिनन् । बिहेको आस कहिले आशा गर्न सक्छौँ भन्ने प्रश्न आएपछि चाँहि अभिनेत्रीले कुरालाई बटार्दै पहिले मेरो फिल्म रिलिज गर, त्यसपछि अर्को पटक भन्छु भन्ने जवाफ दिइन् ।

कार्यक्रममा चिराग पासवानसँगको भाइरल तस्बिर देखाएपछि कंगनाले उनको बारे कुरा पनि गरेकी थिइन् । उनी आफ्नो सहअभिनेता भएको र जता जाँदा पनि आफू र चिरागको फोटोबारे यति धेरै स्पष्टीकरण दिनु परेपछि साँच्चै केही छ त भन्ने लाग्न लागेको  पनि उनले बताइन् । अझ अगाडि अभिनेत्रीले आफूहरू दुवै एकदमै मिल्ने साथी भएको र सँगै फिल्म पनि गरेको बताइन् । चिराग निकै ‘हम्बल’ मान्छे भएको उनको भनाइ थियो ।

न्यूज१८ इन्डियाको चौपालमा पाहुना बनेर आएका चिराग पासवानलाई बिहेबारे प्रश्न सोधिएको थियो । उनले पनि यस विषयमा आफ्नो मौनता तोडे । सन् २०२४ को अन्त्यसम्ममा चिराग दुलहा बन्छन् ? भनेर उनलाई प्रश्न सोधिएको थियो । त्यसको जवाफमा उनले हाँसेर ‘बन्दैनन्’ भनेका थिए । केही अघि एउटा पोडकाष्टमा कंगनाले आफूले बिहे गरेर जीवनमा अगाडि बढ्न चाहेको तर योसँगै गलत मान्छेसँग जीवन बिताउनुभन्दा एक्लै बस्नु राम्रो हुने बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप