रास्वपा बागमती प्रदेशको रिपोर्ट– चितवनमा ७ हजार र काठमाडौंमा ५ हजारभन्दा बढी सदस्यता वितरण
मङ्गलबार, ०१ असोज २०८१, १२ : १४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा बागमती प्रदेशको रिपोर्ट पेस भएको छ । प्रदेशसभापति डा अच्युतम लामिछानेले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन् ।
मंगलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको भेलामा उनले विभागलाई पूर्णता दिन निरन्तर प्रयास भइरहेको बताए ।
यस्तै ३७ नगर, १ उपमहानर र २ उपमहानगरमा संगठन गठन गरिएको जानकारी दिँदै लामिछानेले चितवनमा ७ हजार र काठमाडौंमा ५ हजार बढी सदस्यता वितरण भएको बताए ।
यस्तै उनले युवाहरूको सक्रिय सहभागिताका लागि क्रियाशील रहेको पनि सो क्रममा बताए । यस्तै उनले पार्टीको विधि विधानमा साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गर्दै पार्टीभित्र युवराज सफल बन्न कोसिस नगर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेवारपानी : सम्झना–बिर्सनाका तरेली
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल