बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु

याङ्गुन । म्यानमारमा बाढी र पहिरोका कारण मर्नेको सङ्ख्या बढ्दो छ । समुद्री आँधी यागीका कारण आएको बाढी र पहिरोमा परेर २०० जना भन्दा धेरै जनाको मृत्यु भएको त्यहाँको सैन्य सरकारले बताएको छ । अरू ८० जना बेपत्ता रहेको बताइएको छ ।
यस आँधीले भियतनाम, लाओस्, थाइल्यान्ड र म्यानमारमा गएको हप्ता ५०० भन्दा धेरै जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कहरूले देखाएका छन् । यागीका कारण म्यानमारमा पूरै गाउँ ध्वस्त हुँदा २२० जनाको मृत्ुयु भएको छ । सयौँ हजार खेतीयोग्य जमिन ध्वस्त भएका छन् । ५ लाखभन्दा धेरै मानिसलाई तत्कालै खानेकुरा र पिउने पानी, आश्रय र लत्ताकपडा चाहिएको संयुक्त राष्ट्र सङ्घ (यूएन)ले भनेको छ ।
यो बाढी म्यानमारको हालैको इतिहासमा आएको सबैभन्दा विनाशकारी भएको यूएनले भनेको छ । यागीका कारण थाइल्यान्डमा १० जनाको मृत्यु भएको छ भने लाओसमा एकको मृत्यु भएको थियो । भियतनाममा मृत्यु हुनेको सङ्ख्या २९२ पुग्दा, ३८ जना बेपत्ता छन् । आँधीले २ लाख ३० हजार घरहरूमा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म