राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा समस्या
_tou4rX0OlV.png)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा समस्या आएको छ । वेबसाइटमा हाल लेखामान बोर्ड नामक चार्टर्ड एकाउन्टको लिंक खुलिरहेको छ । नेपाल सरकारबाट नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ बमोजिम गठित बोर्डको डिटेल बोर्डको वेबसाइटमा देखिन्छ ।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले अहिले वेबसाइटमा समस्या देखिएको बताए । सिंहदरबारमा रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) मा समस्या आएपछि त्यसमार्फत सञ्चालनमा रहेको बोर्ड लगायत अन्य निकायहरूको वेबसाइटमा समस्या देखिएको उनको भनाइ छ ।
‘केन्द्रको डाटा सेन्टरमा समस्या देखिएको छ । जसले गर्दा त्यहाँबाट सञ्चालन हुने हाम्रो लगायत अन्य विभिन्न निकायको वेबसाइटमा समेत समस्या देखिएको छ । यो बनाउने काम भइरहेको छ,’ अध्यक्ष शर्माले भने ।
बोर्डको मुख्य वेबसाइटमा समस्या आएपछि अहिले बोर्डबाट जारी गरिने सूचनाहरू WWW.SEE.GOV.NP मार्फत सार्वजनिक गर्दै आएको छ । समस्याको समाधानका लागि काम भइरहेको र केही दिनमा ठिक हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास