रुसी सेनाको सङ्ख्या १ लाख ८० हजारले बढाउन पुटिनले दिए आदेश
मङ्गलबार, ०१ असोज २०८१, ११ : १७

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाको मनोबल बढाउन लागेका छन् । उनले सेनामा अरू १ लाख ८० हजार जवानलाई भर्ना गर्न आदेश दिएका छन् ।
योसँगै रुसी सेनामा सक्रिय जवानको सङ्ख्या १५ लाखमा पुग्नेछ । यो भनेको चीनपछि विश्वमै दोस्रो सबैभन्दा ठुलो सेना हुनेछ । चीनको सक्रिय सेना २० लाख छ ।
सन् २०२२ को सुरुमा युक्रेनसँग युद्ध छेडिएयता रुसले सेनाको सङ्ख्या बढाउन लागेको यो तेस्रो पटक हुनेछ । यो वृद्धिपछि रुसको कूल सेनाको सङ्ख्या भने झन्डै २४ लाख हुनेछ ।
पुटिनले रुसी सशस्त्र बलको कूल सङ्ख्या २३ लाख ८० हजार पुर्याउन आदेश दिएका छन् । यीमध्ये सक्रिय सेनाको सङ्ख्या १५ लाख हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग