अब शिर ठाडो पारेर रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस्: शिशिर खनाल
मङ्गलबार, ०१ असोज २०८१, ११ : ०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता शिशिर खनालले सहकारी अनियमितता प्रकरणमा सभापति रवि लामिछाने निर्दोष साबित भएको बताएका छन् ।
काठमाडौँमा जारी पार्टीको राष्ट्रिय भेलामा उनले भने– 'अब चोकमा, चिया पसलमा जाँदा शिर ठाडो पारेर मेरो सभापति रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस् । सहकारी छानबिन संसदीय समितिले सहकारी घोटालामा उहाँको कुनै भूमिका नरहेको प्रस्ट पारेको छ ।'
सहकारी छानबिन समितिको प्रतिवेदनबारे संक्षिप्त ब्रिफिङ गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेलाई लगाइएको आरोपमा तथ्य छैन भन्दा पनि समाचार लेख्न नछोडिएको उनले उल्लेख गरे ।
उनले भने– 'अब ८७ अर्बको बेथिति कसले गर्यो ? चिया पसलदेखि संसद् भवन सम्म त्यो पैसाको खोजी रास्वपाले गर्नेछ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य