सहकारी ठगीबारे रवि भन्छन्– प्रमाण होइन, प्रणाम छ भनिएको रहेछ !
![सहकारी ठगीबारे रवि भन्छन्– प्रमाण होइन, प्रणाम छ भनिएको रहेछ !](https://npcdn.ratopati.com/media/news/rabi-lamichhane_cIAqzE2YOf.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको राजनीतिमा षड्यन्त्र नै षड्यन्त्र भएको बताएका छन् । मंगलबार सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले देशका नेताहरू बिहानदेखि बेलुका सम्म षड्यन्त्र गर्नमै समय कटाउने गरेकाले यो देशको समृद्धि हुन नसकेको बताए ।
आफूमाथि सहकारी प्रकरण उचालेर सिद्ध्याउन खोजे पनि त्यो असफल भएको भन्दै लामिछाने अव गोरखा मिडियातिरबाट आक्रमण हुनसक्ने बताए ।
‘यो हल, उपस्थिति र यो भव्यता हाम्रा लागि अर्को एउटा खतराको घण्टी हो । उनीहरूलाई लागेको थियो कि रास्वपा सकियो । तर रास्वपा त यस्तो भएर आएको छ अव यसको मूल्य हामीले तिर्नुपर्छ है साथी हो’, लामिछानेले भने, ‘म साथीहरूलाई भन्न चाहन्छु अव आरोप सहकारी ठगबाट गोरखा मिडियातिर सर्छ । ’
उनले प्रमाण कस्तो हुन्छ भन्ने कुरा आफ्नै केन्द्रीय नेताहरू बसेकोबाट थाहा हुन्छ होला नि भन्दै कांग्रेसतर्फ सङ्केत गरे । उनले सहकारीमा प्रमाण छ, प्रमाण छ भनेपनि प्रमाण नभएर प्रणाम छ भनेर भनेको रहेछ भनेर व्यङ्ग्य समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेवारपानी : सम्झना–बिर्सनाका तरेली
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल