खल्तीबाट वर्ल्डलिंकको भुक्तानीमा कार जित्ने अफर सार्वजनिक
_MDGTSP14lP.png)
काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ। यस योजना अन्तरगत खल्ती प्रयोगकर्ताहरूले वर्ल्डलिंकको बिल भुक्तानी गरी NAMMI 01 E3 EV Car जित्न सक्ने कम्पनीले जनाएको छ ।
असोज ३० देखि पुष १० सम्म लागु हुने यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वर्ल्डलिंक इन्टरनेटको बिल भुक्तानी गरी NAMMI 01 E3 EV Car जित्न सकिने भएको हो । यसका साथै, प्रयोगकर्ताहरूले हरेक हप्ता Samsung को प्रडक्ट समेत जित्न सक्नेछन् भने boAt का प्रडक्टहरूमा ५३% सम्मको अनि Samsung का प्रडक्टहरूमा 39% सम्मको छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् ।
यो अफर नयाँ वल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागु हुनेछ। यस योजना अन्तरगत १ महिना देखि २४ महिना सम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सोही कुपन मार्फत प्रयोगकर्ताहरू लक्की ड्रका लागि छनोट हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा