हिप–हप कलाकार ‘डीडी’ पक्राउ
न्युयोर्क । हिप–हप कलाकार सन ‘डीडी’ कम्ब्स न्युयोर्कबाट पक्राउ परेका छन् । सीबीएसका अनुसार फेडेरल अधिकारीहरूले उनीमाथि लगाइएको आरोप भने खुलाएका छैनन् ।
मानव बेचबिखनको आशङ्कामा अधिकारीहरूले गत मार्चमा डीडीको लस एन्जलिस र मियामीस्थित ठेगानामा छापा मारेका थिए । यसबारे अनुसन्धान जारी रहेको छ । डीडीका वकिल मार्क एग्निफिलोले पक्राउबारे निराशा व्यक्त गर्दै उनी ‘निर्दोष’ रहेको दाबी गरे ।
सङ्गीतकार विवादमा तानिएको यो पहिलोपटक होइन । यसअघि पनि उनीमाथि यौन दुर्व्यवहारदेखि हातपातको आरोप लागेको थियो । उनीमाथि पूर्वपार्टनर कस्यान्ड्रा ‘केस्सी’ भेन्चुराले कुटपिटको आरोप लगाएकी थिइन् । उनले सबै आरोप अस्वीकार गर्दै आएका छन् ।
अमेरिकाको होमल्यान्ड सेक्युरिटी अधिकारीहरूले डीडीलाई जारी अनुसन्धान प्रक्रिया अन्तर्गत पक्राउ गरिएको बताएका छन् । उनीविरुद्ध विभिन्न मुद्दाहरू दर्ता छन्, जसमा नाबलिकामाथि बलात्कार, एक जना निर्मातालाई अर्को पुरुषसँग यौनसम्बन्ध राख्न बाध्य पारेको लगायत आरोपहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसद्वारा अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन
-
देश विकास सरकारको प्रमुख लक्ष्य हो : मन्त्री पाण्डे
-
६ महिनामा १० करोड बराबरको अचार १० मुलुकमा निर्यात
-
सिराहामा ४५ हजार किशोरीलाई एचभीपी खोप लगाइँदै
-
मेलवादेवी गुरुङ : गीत रेकर्ड गराउने प्रथम नेपाली महिला
-
नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने