उपसभामुख राना रसिया प्रस्थान
मङ्गलबार, ०१ असोज २०८१, ०९ : ४८

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि रसिया प्रस्थान गरेकी छन् । रसियाको सेन्टपिर्टसवर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुबईको उडानबाट रसियाको भ्रमणमा गएकी हुन् ।
उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते(सेप्टेम्बर १८–२०)सम्म सञ्चालन हुने चौथो यूरेशियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ । उनले उक्त फोरमलाई सम्बोधन गर्ने बताइएको छ ।
भ्रमण सकेर उपसभामुख राना असोज ५ गते (सेप्टेम्बर २१)मा स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते