वीरगन्जको पन्च ईभीको डेलिभरी सुरु

काठमाडौँ । सिप्रदी ट्रेडिङ्गको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो–रुमको उद्घाटनसँगै वीरगन्जमा पन्च ईभीको डेलिभरी सुरु भएको छ । एक कार्यक्रमका बीच गाडी बुक गरेर बसेका ग्राहकहरूलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिको साथै वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम,उपाध्यक्ष माधव राजपाल, सिप्रदी ट्रेडिङ्ग प्रा.लि वीरगन्ज शाखाका प्रमुख संदिप गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
पन्च इभिको रिजनल लन्च अन्तर्गत वीरगन्जको लन्चको मौका पारेर नयाँ शोरुमको पनि उद्घाटन गरेको प्राइम अटो ट्रेडर्सको निर्देशक सुबोध सापकोटाले जानकारी दिए । साथै सोही कार्यक्रममा पन्च इभि बुक गर्नु भएको ग्राहकहरूलाई डेलिभरी दिन पाउँदा थप हर्षित भएको बताए । टाटा पन्च इभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजार रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ