अखिल क्रान्तिकारी कर्णालीको अध्यक्षमा शाही निर्वाचित
सोमबार, ३१ भदौ २०८१, २१ : १५

सुर्खेत । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा मानसिंह शाही निर्वाचित भएका छन् ।
सोमबार वीरेन्द्रनगरमा भएको दोस्रो सम्मेलनबाट शाही निर्वाचित भएका हुन् ।
यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा दैलेखका हिक्मतबहादुर शाही, उपाध्यक्षमा हिक्मत शाही (शिक्षा क्याम्पस), ध्रुव शाही, मनिषा चन्द, प्रकाश विक, टिकाराम विक र अजय विष्ट निर्वाचित भएका छन् ।
यस्तै प्रमुख सचिवमा नारायण केसी, सचिवमा विष्णु भण्डारी, पदम शाही, शुक्रराज रावल र कोषाध्यक्षमा भुवन गौतम निर्वाचित भएका छन् । संगठनको प्रदेश कमिटी ७५ सदस्यीय बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’
-
सीके राउतको सम्बन्धविच्छेद मुद्दा अदालतले मिलापत्रमा पठायो
-
माओवादीको तराई मधेस जागरण अभियान १७ गते महेन्द्रनगरमा समापन हुने
-
‘यूथ सेलिब्रेशन’का लागि भृकुटीमण्डपमा भेला हुन थाले युवा, तस्बिरहरू
-
बुढ्यौलीलाई रोकेर निरोगी रहन चाहनुहुन्छ ?
-
इलाका प्रहरी कार्यालयमा पुस्तकालय