वायुसेवा निगमलाई दिएको ऋण उठाउन अर्थमन्त्री पौडेलको निर्देशन
![वायुसेवा निगमलाई दिएको ऋण उठाउन अर्थमन्त्री पौडेलको निर्देशन](https://npcdn.ratopati.com/media/news/bishnu-paudel_JgzZlphPou.jpg)
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिएका छन् । सोमबार कर्मचारी सञ्चय कोषको ६३ औँ वार्षित्सव कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
अर्थमन्त्री पौडेलले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गरे । उनले कोषले सरकार ग्यारेन्टी रहेको भन्दैमा लगानी उठाउन निर्देशन दिए । उनले कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समीक्षा गर्न जरुरी भएको औँल्याए ।
अर्थमन्त्री पौडेलले नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेर दिएको २७ अर्बभन्दा बढी लगानी उठाउन पहल गर्न निर्देशन दिए । उनले सरकार ग्यारेन्टी बसेको छ भनेर मौन नबस्न आग्रह गरे । उनले वायुसेवा लगायत अन्य ठाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ भन्ने कुरालाई सूक्ष्म ढङ्गले अध्ययन गर्न सुझाव दिए । उनले कोषले प्रतिफललाई अझ वृद्धि गर्ने हिसाबले काम गर्नु जरुरी देखिएको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले सञ्चयकर्ताहरूले अधिकतम लाभ कसरी प्राप्त गर्ने भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले लगानी गरेर चित्त बुझाउने ढङ्गले नभई सूक्ष्म निगरानी कोषको हित भिक्टिम नहुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा