मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

संविधानले राज्यशक्ति र स्रोतलाई जनतामा निहित गरेको छ : मन्त्री लामिछाने

सोमबार, ३१ भदौ २०८१, १९ : २९
सोमबार, ३१ भदौ २०८१

हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामलिा तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संविधानले राज्य शक्ति र स्रोतको अधिकार जनतामा निहित गरेको बताएका छन् । उनले संविधानले राष्ट्रिय सार्वभौमिकतालाई जनतामा निहित गर्दै समानुपातिक, समावेशी र सामाजिक न्यायको परिकल्पना सहित संघीय संरचनाको व्यवस्था गरेको बताए ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री लामिछानेले समाजवादको लक्ष्यसहित सुखी नेपाली समृद्ध नेपालको परिकल्पना संविधानमा नै गरिएको बताए । नागरिकहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने उनको भनाई छ ।

व्याप्त विकृति विसंगती र उत्पीडनको अन्त्य गर्दै संविधानको व्यवस्था अनुसारको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, तथा भौगोलिक विविधतालाई एक सूत्रमा बाधेर अघि बढ्नुपर्ने मन्त्री लामिछानेले बताए । उनका अनुसार विभिन्न चरणको जनआन्दोलन र विद्रोहबाट प्राप्त राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न संविधानको पूर्ण कार्यान्वयन अपरिहार्य रहको छ ।

जनताको बलबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न संविधान दिवस २०८१ लाई भव्य रूपमा मनाउन उनले अपिल गरे । संविधान दिवसलाई थप भव्य बनाउन प्रदेश सरकारले पनि ४३ सदस्यीय समिति गठन गरेर विभिन्न कार्यक्रमहरू अघि बढाएको मन्त्री लामिछानेको भनाई छ ।

संविधान दिवसको अवसरमा असोज १ देखि ३ गतेसम्म निबन्ध लेखन, सरसफाइ, प्रभातफेरी, खेलकुद प्रतियोगिता, वृक्षारोपण, कृतिम अंग वितरण तथा एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने सामुदायिक विद्यालयका छात्रछात्रालाई नगदसहित पुरस्कृत गर्ने कार्यक्रम रहेको मन्त्री लामिछानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप