प्रदेश
सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट
सोमबार, ३१ भदौ २०८१, १८ : ५९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट ल्याएको छ ।
आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले सोमबार प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
असार १ गते प्रस्तुत बजेट राजनीतिक फेरबदलले फेल भएपछि प्रदेश सरकारले पुनः बजेट ल्याएको हो ।
जसको चालूतर्फ ४०.६५ प्रतिशत अर्थात १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ ५९.३२ अर्थात १८ अर्ब ७६ करोड २४ लाख रहेको हो ।
तत्कालीन आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले असार १ गते पनि ३१ अर्ब ६२ करोड ९८ हजार बराबरकै बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय परिस्थितिका कारण नयाँ सुरक्षा चुनौती : सेना
-
जुम्लामा स्याउ रोप्दै विप्लव
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
यस्तो छ दही र योगर्टबिचको फरक
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे