सर्वोच्चको फैसलाविरुद्ध पीडितहरूको प्रदर्शन, तस्बिरहरू
सोमबार, ३१ भदौ २०८१, १८ : १८
![सर्वोच्चको फैसलाविरुद्ध पीडितहरूको प्रदर्शन, तस्बिरहरू](https://npcdn.ratopati.com/media/news/pidit2_yTuvsDLXsx.jpg)
काठमाडौँ । सडक तथा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा बागमती पीडितहरूले प्रदर्शन गरेका छन् ।
सोमबार उनीहरू कुपण्डोल र थापाथली क्षेत्रमा जम्मा भएर सर्वोच्च अदालतको अन्यायपूर्ण फैसलाका विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
मापदण्ड खारेजीको लागि नौ वटा संगठन बनाएर आन्दोलनमा उत्रिएका उनीहरुले सर्वोच्चको फैसला कार्यान्वयन नगर्न माग गरेका छन् ।
उनीहरुले हकभोग भएका नागरिकलाई सुकुम्वासी बनाउने उद्देश्यले फैसला गरिएको भन्दै नागरिकका संवैधानिक अधिकारलाई हनन गरिएको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
-
पक्राउ पुर्जी जारी भएपछि के भने सोनु सूदले ?
-
च्याम्पियन्स ट्रफीअघि न्युजिल्याण्डका फर्गुसन घाइते
-
प्रदेशको बजेट खर्च : ६ महिनामा १६ प्रतिशत
-
‘नेपालले परराष्ट्र नीति परिमार्जन गर्नुपर्छ’
-
ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन् : माधव नेपाल