गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
सोमबार, ३१ भदौ २०८१, १७ : ४५

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार उनीहरुबिच दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको हो ।
भेटमागृहमन्त्री लेखकले आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धन लगायतका चासो राखेका छन् । आफू श्रममन्त्री हुँदा कोरियासँग सम्झौता भएको रोजगार अनुमति प्रणाली (इपीएस) को राम्रो कार्यान्वय भएको उनको भनाई थियो । नेपाल प्रहरीको साइबर ब्युरोको क्षमता विकासका लागि कोरियाले गरेको सहयोगका लागि गृहमन्त्री लेखकले धन्यवाद दिए ।
गृहमन्त्री लेखकले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । राजदूत पार्कले नेपालको उर्जा क्षेत्रमा पनि लगानी गर्न कोरिया तयार गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट घाइते बालिकाको मृत्यु
-
वीरगन्जमा निकालिएको शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ
-
सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भयो : शंकर पोखरेल
-
सर्वोच्चले मगायो रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न कागजात
-
सङ्घीय गणतन्त्रको रक्षामा एकजुट होऔँ : शेरधन राई
-
ओलीले विन्दालाई बोलाएरै भेटेर भने - चिठी नै नभए केको कारबाही ?