टुसाल विद्यालयस्तरीय पौडीको दोस्रो तेस्रो संस्करण असोज ३ गते

काठमाडौँ । टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको तेस्रो संस्करण असोज ३ गते आयोजना हुने भएको छ । यसअघि प्रतियोगिता भदौ ७ गते हुने भनिएको थियो । तर, प्राविधिक कारणले प्रतियोगिता स्थगित भएका थियो ।
सोही प्रतियोगिता असोज ३ गते आयोजना गर्न लागिएको जानकारी टुसाल मल्टिभेन्यूका ब्यवस्थापक बिमोन्ड ओझाले दिए । प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्यूको स्विमिङ पुलमा हुनेछ । सो प्रतियोगिता २५ मिटर फ्रीस्टाइल विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गल्र्स, सिनियर ब्वाइज र सिनियर गल्र्स गरी चारवटा विधा समावेश गरिएको आयोजकले जनाएको छ । विजयी खेलाडीलाई ट्रफी, मेडल र अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा करिब एक सयजना खेलाडीको सहभागिता रहने बताइएको छ । हालसम २० वटा विद्यालयले सहभागिताका लागि नाम दर्ता गरिसकेको र यसपटक सरकारी विद्यालयका विद्यार्थीले पनि निःशुल्क रुपमा सहभागिता जानउन पाउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन गुरुङ नेतृत्वको एनआरएनएद्वारा कोरियामा बुद्धको प्रचार, तस्बिरहरू
-
तत्काल शिक्षकका माग सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी
-
मनाइयो चिसा दिवस, चैतसम्ममा तीन अर्ब ५७ करोड बराबरको निर्यात
-
शिक्षकहरू नाराबाजीमा उत्रिएपछि पूर्व प्रधानमन्त्रीहरू फर्किए
-
बयान लिनेसँग मिश्रको ठट्टा : मैले पत्रकार हुँदा सोध्ने प्रश्नभन्दा तपाईंहरुका प्रश्न कडा
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु