लिग–२ शृंखला : नेपाल र क्यानडाबिचको खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताअन्तर्गत सोमबार खेलिने नेपाल र क्यानडाबिचको खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु हुने भएको छ । नयाँ समयअनुसार, उक्त खेल राति २०ः ४५ बजे सुरु हुनेछ ।
यसअघि उक्त खेल राति १९ः ४५ बजे सुरु हुने तय भएको थियो । लिग–२ मा सहभागी हुन हाल नेपाली टोली क्यानडा भ्रमणमा छ । लिग–२ को दोस्रो संस्करणअन्तर्गत खेल्न लागिएको यो छैटौँ शृंखला हो । क्यानडामा हुने शृंखलामा तेस्रो टोलीका रुपमा ओमानको सहभागिता रहेको छ ।
जारी लिग–२ प्रतियोगितामा नेपालले खेल्न लागेको भने यो दोस्रो शृंखला हो । जारी क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गतको पहिलो शृंखला नेपालमै खेलिएको थियो । त्यो त्रिकोणात्मक शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी थिए ।
आफ्नो पहिलो शृंखलामा नेपालको प्रदर्शन निराशाजनक थियो । उक्त शृंखलामा नेपाली टोली आफूले खेलेको चारमध्ये तीन खेलमा पराजित भएको थियो । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले शनिबार एउटा अभ्यास खेल पनि खेलेको थियो । त्यो खेलमा नेपाली टोलीले एचपी ज्यागुअर्सलाई ६६ रनले हराएको थियो ।
लिग–२ प्रतियोगिता एकदिवसीय ढाँचामा खेलाइन्छ । नेपाल र क्यानडाबिच हालसम्म तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । तीनवटै खेलमा नेपालले क्यानडालाई हराएको छ । नेपालले यसअघि क्यानडाविरुद्धको तीनवटै एकदिवसीय खेल घरेलु मैदानमा खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने विश्वकै तेस्रो ब्याट्सम्यान बने बाबर आजम
-
लिम्बू भाषामा चलचित्र ‘सेक्मुरी’ बन्ने
-
कहाँ पुग्यो जनमत पार्टीको नौलो गणतन्त्र सम्बन्धी अभियान ?
-
भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रचण्ड गरे दुःख व्यक्त
-
‘ऊनको स्वीटर’ले कौडा भाकामा ल्यायो नयाँ गीत ‘मखमली’
-
आयोजना कार्यान्वयनमा स्वामित्व अभाव प्रमुख समस्या