रवि भन्छन्, ‘सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयो’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको बताएका हुन् ।
उनले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रबन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए । उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरूको भने आफू भागिदार हुने उनले स्पष्ट पारे ।
उनले भने – ‘अझै पनि भाष्य निर्माण गर्नलाई त्यहाँबाट गएको पैसा त्यसले चलाएको हो नि भनेर भनिएको छ । मैले आएको पैसाको त्यहाँ आन्तरिक प्रशासन चलाउन त्यहाँ चेक नकाटेर एमडीले घाँस काट्ने कुरा आउँदैन नि त । चेक नै काट्ने होला नि । जुन कुरामा लाञ्छना लागेको थियो त्यो कुरामा समितिले स्पष्ट पारेको छ ।’
‘बाँकी प्रचलित कानुन अनुसार कहीँ कतै गडबड गरेको भए सजायको भागिदार हुनुपर्छ नि । गोर्खा मिडिया सञ्चालनका क्रममा म बाट गलत भएको रहेछ भने कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा मबाट गल्ती, कमजोरी भएको रहेछ । प्रचलित कानुनका समस्या आएका रहेछन् । कहीँ करका कुरा होलान् के होलान् । त्यसको भागिदार हुनुपर्छ भन्ने कुरामा त भनिहाल्यौँ । त्यस कारणले हामीले सहमति गरेर हस्ताक्षर गर्यौँ । नत्र नोट अफ डिसेन्ट लेख्छौँ । आफ्नो कार्यकालमा भएका चिजहरू दुरुपयोग भए कि भएनन् भन्ने कुराको कानुन बमोजिमको जबाफदेहिता दिनुपर्छ भन्ने कुराको कुराबाट भाग्ने मान्छे हामी होइनौँ । सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । पुष्टि भएको छ,’ उनले थपे ।
उनले आफूहरू सहकारी पीडितहरूको पक्षमा आवाज उठाइरहने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : चेन्नईद्वारा पञ्जाबसामु जितका लागि १ सय ९१ रनको लक्ष्य
-
चलचित्र विधेयक विवाद : फिल्मकर्मीले संसद्मा विचार राख्न पाउने
-
गुहेश्वरीमा एक महिला मृत फेला
-
झापामा सडक दुर्घटना, एक जनाको मृत्यु
-
क्याबिनेट बैठक निर्णय : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, गभर्नर सिफारिस समिति सदस्यमा अधिकारी
-
आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार